नेपाल हाइड्रो डेभलोपर्सले ३ करोड ९० लाख बोनस पारित गर्दै

0
Shares

नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड (NHDL) को आज सम्पन्न हुने साधारण सभाबाट ३ करोड ९० लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौँमा दिउँसो ३ बजे वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा आज सम्पन्न हुँदैछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र बोनसको कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत्र ३ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार चैत्र २ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार  ०९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।