
सबैको लघुवित्त वित्तीय संस्था (SABSL) को १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश पारित भएको छ ।
लघुवित्तको चैत १४ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले सञ्चालकसमितिले प्रस्ताव गरेको उक्त लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
सभाले सबैको लघुवित्त र अन्य कुनै कम्पनी एक आपसमा मर्जर तथा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितीलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हाल चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजार रहेको लघुवित्तको १०.५० प्रतिशत बोनस शेयरपछि २० करोड ६० लाख कायम भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया