
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत १८ गते बुधबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार उन्नति सहकार्य लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस र साधारण सभाको बुकक्लोजसँगै बुधबार मूल्य समायोजन गरिएको हो ।
उन्नति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २ हजार ३१७ रुपैयाँ निर्धारण गरेको छ । मंगलबार कारोबार भएको अन्तिम कारोबार मूल्य २ हजार ७३० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन भएको हो ।
यसैगरी आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ५२५ रुपैयाँ निर्धारण गरेको छ । मंगलबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ६६० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन भएको हो ।
नेप्सेले बुकक्लोजको दिन अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सम्बन्धीत कम्पनीको प्रस्तावित बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गर्दै आएको छ ।
उन्नति सहकार्य लघुवित्त र आरम्भ चौतारी लघुवित्तले चैत ३१ गते एकैदिन वार्षिक साधारण सभा आह्वान गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया