एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम आज, कति पाइन्छ ब्याज ?

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले चैत १३ गतेदेखि बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु तथा मेरो शेयरको मोबाइल एप तथा वेपसाइट मार्फत लगानीकर्ताले आज कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

बैंकले बिक्रीमा ल्याएको दश वर्ष अवधिको एनसीसी ऋणपत्र २०८६ मा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्राप्त गर्नसक्नेछन् । ऋणपत्रको ब्याज अर्धवार्षिक ९६।६ महिनामा० भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणमा जारी हुने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ११ लाख ४० हजार कित्ता इकाईका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन पाउनेछन् ।

बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

  • ऋणपत्रलाई ‘इक्रा एनपी एल त्रिपल बी’ रेटिङ

बैंकले ऋणपत्र जारी गर्न क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपाल मार्फत रेटिङ्ग सम्पन्न गरेको छ ।

इक्रा नेपालले ऋणपत्र निष्काशनका लागि गराएको बैंकको रेटिङ्गमा मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।

इक्राले बैंकले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।