टिएमएसमा समस्या आउँदा शेयर कारोबार प्रभावित

0
Shares

नेपाल स्टक एक्सचेञ्जको अनलाईन कारोबार प्रणाली (टिएमएस) मा प्राविधिक समस्या आउँदा बुधबार शेयर कारोबार प्रभावित भएको छ ।

बुधबार कारोबारको १ घण्टा नपुग्दै अनलाईन प्रणालीमा समस्या देखिएको हो । ब्रोकर विन्डो मार्फत केही कारोबार भएपनि व्यक्तिगत अनलाइन युजर लिएका लगानीकर्ताले शेयर कारोबार गर्न सकेका छैननन् ।

लगइन गर्दा ‘नो सर्भर इज अभ्वोइलेबल टू ह्यान्डल दिस रिक्वेस्ट’ देखाएको छ ।

मध्यान्न १२ नबज्दै सिस्सटममा समस्या देखिएकाले २० मिनेट अगाडिबाट कारोबार बन्द गरिएको एक ब्रोकरले नोटबजारलाई जानकारी दिए ।

एक घण्टा अवधिमा नेप्से ३५ अंकले बढेर २६११ किन्दुमा पुगेको छ भने १ अर्ब बढीको शेयर कारोबार भएको छ ।

शेयर बजार बढ्यो अथवा घट्योे कि टिएमएसमा पटक पटक समस्या आउने गरेको भन्दै लगानीकर्ताले चलखेल भएको आरोप लगाएका छन् । बजार बढ्दा टिएमएस बिगारेर नियोजित रुपमा बिगार्ने गरिएको उनीहरुको आरोप छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।