नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबारदेखि किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBSL) को शेयर कारोबार फुकुवा भएको छ । चैत १० गतेदेखि रोक्का रहेको लघुवित्तको शेयर कारोबार ६ कारोबार दिनपछि खुलेको हो ।
अघिल्लो दिनमा हकप्रद बिक्री गर्ने प्रस्ताव राखेर भोलिपल्टै संसोधन गरेको लघुवित्तले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना उपर गम्भिर खेलवाड गरेपनि कम्पनीलाई समान्य सचेत गराउँदै नेप्सेले चैत १९ गते बिहीबारदेखि कारोबार खुला गर्ने निर्णय बुधबार गरेको हो ।
नेप्सेले लघुवित्तलाई धितोपत्र ऐन, २०६३ को दफा ४८ (१) बमोजिम लघुवित्तलाई यस्ता गल्ती नदोहोर्याउन र आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त राख्न सचेत गराउँदै बन्द रहेको धितोपत्र बजार कारोबार बिहीबारदेखि फुकुवा गर्ने निर्णय गरेको हो ।
नेप्सेले ७२ घण्टाभित्र सोधेको स्पष्टीकरणमा लघुवित्तले पूँजीकोष प्रयाप्त नभएकाले मर्जर, हकप्रद निष्काशन, र पुनः थप शेयर निष्काशनजस्ता एजेण्डामा सञ्चालक समितिको बैठकमा छलफल हुँदा हकप्रद निष्काशनका लागि सम्बन्धीत नियकायसँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय भएको र कम्पनी ऐन अनुसार साधारण सभाभन्दा २१ दिन अगावै साधारण सभाको सूचना प्रकाशन गर्नुपर्ने प्रावधान रहेको तर सो दिन विदा परेका कारण हकप्रद शेयरको प्रस्ताव सहितको सूचना प्रकाशन भएको प्रष्टिकरण दिएको थियो ।
दोस्रो दिन नेपाल राष्ट्र बैंकको परामर्श गर्दा उक्त प्रस्ताव हटाउन सुझाव आएकाले सो लाई संसोधन गरी चैत ९ गते पुनः साधारण सभाको सूचना प्रकाशन गरेको लघुवित्तले जनाएको थियो ।
प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले दिएको स्पष्टीकरणमा निर्णय भएको दिन विदा भएको, दोस्रो दिन अपलोड गर्न सूचना परिवर्तन गर्नुपर्ने र नेप्सेमा रहेको पुरानो किसान माइक्रोफाइनान्सको लगइनले काम नगरी नाम परिवर्तनका कारण नयाँ लगइन आईडि लिएर अपलोड गर्दा ढिला भएको बताएका थिए।
प्रष्टिकरणमा लघुवित्तको शेयर कारोबारमा कुनै किसिमको प्रभाव पार्ने गलत मनसाय पनि नरहि मानवीय त्रुटीका कारण सर्वसाधारण लगानीकर्ता र नियामक निकायमा पर्न गएको असरका लागि क्षमायाचना गरेको थियो ।
कारोबार खुलेसँगै कम्पनीको कम्पनीमा उच्च खरीद माग देखिएको छ । कम्पनीको शेयर खरीदका लागि १०० वटा अर्डर मार्फत ९ हजार ८८७ कित्ता माग भएको छ । कम्पनीको मूल्य ९.९७ प्रतिशत अर्थात १६८ रुपैयाँले बढेर १ हजार ८५७ रुपैयाँ पुगेको छ ।
सम्बन्धीत थप समाचारहरुः-
- किसान लघुवित्तले करिब १३ लाख कित्ता एफपिओ निष्काशन गर्ने
- किसान लघुवित्तको नेप्सेलाई स्पष्टीकरणः राष्ट्र बैंकको परामर्शबाटै हकप्रद प्रस्ताव हटाइएको हो
- किसान लघुवित्तको शेयर कारोबार रोक्का गर्दै नेप्सेले सोध्यो ७२ घण्टे स्पष्टिकरण
- किसान लघुवित्तले पनि लाभांश नबाँड्ने, एजिएममा हकप्रदबाट पूँजी वृद्धि गर्ने प्रस्ताव लैजाँदै
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया