साना किसान लघुवित्तको लिलामी शेयरमा कति कायम भयो कटअफ मूल्य ?

0
Shares

साना किसान लघुवित्त (SKBBL) को हकप्रदमा अवितरित भई लिलामीमा ल्याइएको ३ हजार ३६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता साधारण शेयरको शिलबन्दी बोलपत्र खुला गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलेदिएको जानकारी अनुसार बिहीबार बिहान ७ बजेदेखि खुला भएको साधारण शेयरको प्रारम्भिक कटअफमूल्य १ हजार ६०५ रुपैयाँ र संस्थापक शेयरको कटअफमूल्य १००१ रुपैयाँ कायम हुन आएको छ ।

लघुवित्तको साधारण शेयर धितोपत्रको दोस्रो बजारमा बिहीबार १ हजार ६८२ रुपैयाँ हारहारीमा कारोबार भैरहेको छ । यसअनुसार कम्पनीको लिलामीमा कायम भएको कटअफ मूल्य दोस्रो बजारमूल्यभन्दा ४.५७ प्रतिशत मात्र कम हो ।

यसअनुसार कटअफम मूल्य वा सो भन्दा बढी मूल्यमा शेयर आवेदन गरेका लगानीकर्ताले उक्त लिलामी शेयर पाएका छन् । हालको तथ्याङ्क प्रारम्भिक मात्र भएकाले अन्तिम तथ्याङ्कमा भने केही फेरबदल आउनसक्ने समेत क्यापिटलले जनाएको छ । 

लिलामी शेयर खरीदका लागि साधारण शेयरतर्फ ५७६ वटा र संस्थापक शेयरतर्फ १३ वटा आवेदन परेको थियो ।

साना किसान लघुवित्तले ५ वर्ष अघि हकप्रदमा नबिकेको ३ हजार ३६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता साधारण शेयर फागुन २५ देखि चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी चैत १९ गते खुला गरेको हो ।

लघुवित्तले २०७२ साल मंसिर २५ गतेदेखि २०७२ साल पुस ३० गतेसम्म दुई बराबर एक अनुपात (५० प्रतिशत) मा हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ चैत्र २०७७, बिहिबार  १३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।