अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले बैशाख ६ गतेदेखि ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्ने भएको छ ।
कम्पनीले ५० प्रतिशत (एक बराबर नयाँ ०.५ कित्ता अनुपातमा) हकप्रद शेयर विद्यमान शेयरधनीका लागि बिक्री गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्नेछ ।
हकप्रद निष्काशनका लागि कम्पनीले चैत ९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरिसककेको छ । जस अनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात चैत ८ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका कम्पनीका शेयरधनीहरुले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रदमा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
हकप्रद शेयर बैशाख २६ गतेसम्म निष्काशन तथा बिक्री खुला हुनेछ । यस अवधिमा लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी गर्ने हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया