कालिका लघुवित्तको शेयरमूल्य समायोजन

0
Shares

 

कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) आइतबार शेयर मूल्य समायोजन भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरको बुकक्लोजसँगैै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले १० प्रतिशत बोनस समायोजनपछि लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ निर्धारण गरेको छ । गत बिहीबारका कारोबार भएको अन्तिम मूल्य १ हजार ४२० रुपैयाँका आधारमा बोनस समायोजन भएको हो ।

यससँगै आइतबार कम्पनीको समायोजित शेयरमूल्यलाई अधार मानेर कारोबार खुल्नेछ ।  कम्पनीले वैशाख ७ गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुकक्लोज गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।