.jpg)
एशियन लाइफ इन्स्योरेन्स (ALICL) स्थापनाको १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेष गरेको छ । १३ वर्षको अवधिमा कम्पनीले २८ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
देशभर रहेका १४६ वटा शाखा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले १३ वर्षको अवधिमा ५ लाख ६८ हजार बीमालेख बिक्री गरी २८ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको हो ।
कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५० करोड र कूल लगानी २६ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवन बीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुने गरी ‘एशियनक्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत सञ्चालनमा ल्याएको छ ।
कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो । १४ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले २०७७ चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रमअन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविधका र्यक्रमहरु आयोजना गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरि फायर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया