
समता लघुवित्त वित्तीय संस्था (SMATA) को शेयर रजिष्ट्रारमा आरबीबी मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ ।
लघुवित्तको चैत्र १८ गते सम्पन्न सञ्चालक समितिको १०७ औं बैठकले २०७८ असार ३ गतेदेखि लागू हुने गरी एक वर्ष अवधिको लागि शेयर बिक्री प्रबन्धक (आरटिएस) मा आरबीबी मर्चेण्टलाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्धकमा चयन भएसँगै कम्पनीको शेयर सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेजी, नामसारी, शेयर रोक्का राख्ने, लगायत शेयरधनीको लगत अद्यावधिक गरी राख्ने लगायत लघुवित्तको शेयर सम्बन्धी सम्पूर्ण कार्य आरबीबी मर्चेन्ट, टेकु मार्फत हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया