चौथों नेपाल एग्रिटेक अन्तराष्ट्रिय प्रर्दशनीको मिति सर्यो

0
Shares

चौथों नेपाल एग्रिटेक अन्तराष्ट्रिय प्रर्दशनीको मिति सरेको छ । यसअघि चैत्र २७, २८ र २९ गते हुने भनिएको अगामी भदौ १८ देखि २० गतेसम्म हुने भएको हो ।

छिमेकी मुलुकहरुमा कोभिडको संक्रमित संख्या बढ्दै गईरहेको बेला नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै सो प्रर्दशनीको मिति परिवर्तन गरिएको चितवन एक्सपो सेन्टर भरतपुरले जनाएको छ ।

प्रदर्शनीमा भाग लिन आउने स्वदेशी तथा विदेशी कम्पनी एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेलाई पर्न सक्ने स्वास्थ्य एवं आउजाउको समस्यालाई लक्षित गर्दै समय परिवर्तन गरिएको आयोजकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १२ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।