हकप्रदले उचाल्यो आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य, ६ कम्पनीमा सर्किट

0
Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनी (IGI) को शेयर मूल्य हकप्रदमा उचालिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयरपछि ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित वैशाख १२ गते साधारण सभा आह्वान गरेपछि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आइएमई जनरल इन्स्योरेन्ससँगै जनरल इन्स्योन्स, वोमी माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।

यसैगरी कारोबारको २ घण्टा अवधिमा प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, रसुवागढी हाइड्रोपावर र गोर्खाज फाइनान्सको शेयरमूल्य पनि ७ प्रतिशत धेरैले बढेको छ ।

आइतबार आइएमई जनरलको शेयर प्रतिकित्ता १२५३ मा खुलेकोमा ११९ रुपैयाँ बढेर १३१३ पुगेको छ । जनरल इन्स्योन्सको ७२१ मा खुलेकोमा ७२ ले बढेर ७९३ रुपैयाँ र वोमी माइक्रोफाइनान्सको १३७१ मा कारोबार खुलेकोमा १३७ रुपैयाँ बढेर १५०७ रुपैयाँमा पुगेको छ ।

यसैगरी एनआईसी एशिया लघुवित्तको ८७४ मा कारोबार खुला भएकोमा ८७ रुपैयाँ बढेर ९६१, सानिमा जनरल इन्स्योरेन्सको ७४ रुपैयाँ बढेर ८१९, र साञ्जेन जलविद्युतको प्रतिकित्ता ३८ रुपैयाँ बढेर ४२३ रुपैयाँ पुगेको हो । यी सबै कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेका हुन् ।

सकारात्मक सर्किट लागेका आइएमई जनरल, वोमी माइक्रोफानान्स, जनरल इन्स्योन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, साञ्जेन जलविद्युत कुनैपनि कम्पनीको बिक्री अर्डर रहेका छैन। सबै कम्पनीमा माग उच्च देखिएको छ ।

दिउँसो १ बजेसम्मको अवधिमा २०५ कम्पनीको ८७ लाख २९ हजार कित्ता शेयर ४ अर्ब ९४ करोड रुपैयाँमा खरीद बिक्री भएका छन् । नेपाल इन्फ्राइस्टक्चर डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै २२ करोड बढीको शेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।