सञ्चयकर्ता र कर्मचारीको डिम्याट खातामा साञ्जेन जलविद्युतको शेयर जम्मा

0
Shares

साञ्जेन जलविद्युत् कम्पनीले लकइन पिरियड सकिएसँगै सञ्चय कोषका सञ्चयकर्ता र कर्मचारीहरुको डिम्याट खातामा शेयर पठाएको छ ।

सञ्चयकोषका सञ्चयकर्ता तथा संस्थापक संस्थाका कर्मचारीहरुलाई विसं २०७४ चैत १८ गते शेयर बाँडफाँड भएपनि बाँडफाँड भएको तीन वर्षसम्म खरीद बिक्री गर्न नपाउने व्यवस्था कारण कम्पनीले शेयर पठाएको थिएन ।

साञ्जेनले सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, जिल्ला विकास समन्वय समिति अन्तरगतका कार्यालयहरु) र सञ्चय कोषका कर्मचारीहरुको लागि ८७ लाख ६० हजार कित्ता शेयर वितरण गरेको थियो ।

जसमध्ये कर्मचारी सञ्चय कोषसँग २०६८ मंसिर २२ गते भएको त्रिपक्षिय ऋण सम्झौता हुँदा बहाल रहेका तथा आइपीओको विवरणपत्र स्वीकृत मिति २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीका लागि ७१ लाख १७ हजार ५०० कित्ता, ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि ३ लाख ६५ हजार र (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, र जिल्ला विकास समन्वय समिति अन्तरगतका कार्यालयहरु (तत्कालीन गाविस र जिविस) का कर्मचारीका लागि १२ लाख ७७ हजार ५०० कित्ता शेयर जारी भएको थियो ।

कम्पनीले उक्त शेयर सोहीसमयदेखि उक्त शेयर धितोपत्रको दोस्रो बजारमा नियमित रुपमा खरीद बिक्री गर्न पाउनेछन् ।

कम्पनीले सर्वसाधारणमा २०७६ बैशाख ६ देखि १२ गतेसम्म जारी गरी बैशाख १९ गते बाँडफाँड भएको ५४ लाख ७५ हजार कित्ता शेयर भने २०७६ साउन २० गते नेप्सेमा सूचीकरण भई त्यसको भोलिपल्टदेखि नियमित रुपमा कारोबार हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।