
विगत ४ दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ ।
यही आयामलाई निरन्तरता दिँदै, ई.ओ.एल. प्रा.लि.द्वारा वितरित सि.जी. इलेकट्रिकका सामानहरु (एल.ई.डी. बल्ब, स्विच, सकेट, एम सि बी, पनेल लाइट, सबमिटर, मोडुलर÷सेमी मोडुलर स्विच, स्ट्रीट लाइट आदि) साथै केन्ट ब्रान्डको पंखा, नेक्स मोडुलर स्विच तथा हिटरहरु बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले यस विधामा, सि.जी.का आर.जी.बी प्यानल लाइट पनि थपेको छ । यसको लागि हेटांैडामा चैत्र २० गते सार्वजनिक गर्दै डिलरको सम्मेलन आयोजित गरेको कम्पनीले जनाएको छ ।
ब्राण्डको लागि मकवानपुरका लागि आधिकारीक बिक्रेता स्वस्तिक सप्लायर्स रहेको छ । कार्यक्रममा ब्राण्डका विक्री प्रमुख मदन खनाल, प्रभाकर झा, जयन्त श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
सि.जी.का आर.जी.बी. प्यानल लाईट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिंग, २४ महिनाको वारेन्टी साथै क्विालिटीको ग्यारेन्टी रहेको जनाइएको छ ।
चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रालिले सि.जी. इलेकट्रिक ब्राण्डको नेपालमा बिक्री–वितरण मार्केटिङ, ब्राण्डिङ्ग गर्दै आईरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया