
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) को ८१ हजार ५०० कित्ता संस्थापक शेयरमा सोमबारदेखि आवेदन खुला भएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको उक्त संस्थापक शेयर न्यूनतम मूल्य ३०० तोकेर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।
इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले उक्त शेयर खरीदका लागि आगामी वैशाख २६ गतेसम्म बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलमा बोलपत्र पेश गर्नसक्ने जनाइएको छ ।
उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म बोलकबोल गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया