एनआईसी एशिया बैंकले १ लाख ५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको १ लाख ५ हजार ८६६ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ ।

बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामी बिक्री खुला गर्ने भएको हो ।

इन्स्योरेन्सको लिलामी शेयरको न्यूनतम मूल्य ४६६ र कोषको न्यूनतम मूल्य १ हजार ५२९ रुपैयाँ तोकिएको छ । यस्तै न्यूनतम १०० कित्ता र सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

इच्छुक आवेकदले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल मार्फत तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी चैत ३१ गतेसम्म बोलकबोल गर्न सक्नेछन् ।

बैंकले लिलामीमा ल्याएको शेयर तोकिएको न्यूनतम मूल्यमा बिक्री गर्दा पनि बैंकले ९ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।