दुई कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

0
Shares


विजय लघुवित्त र पोखरा फाइनान्स कम्पनीको बोनस शेयर हितग्राहीको डिम्याट खातामा जम्मा भएको छ ।

विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १९ प्रतिशत र पोखरा फाइनान्सले ५ प्रतिशत बोनस शेयर बुकक्लोज मितिसम्म शेयर अभौतिकीकरण गरेका शेयरधनीहरुको डिम्याट खातामा पठाएको हो ।

पुस २९ गते एकैदिन सम्पन्न साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट विजय लघुवित्तले आठौँ वार्षिक साधारण सभाबाट १९ प्रतिशत बोनस र कर तिर्न १ प्रतिशत नगद गरी कुल २० प्रतिशत र फाइनान्सको २४ औँ वार्षिक साधारण सभाबाट ५ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो ।

साधारण सभा र लभांश प्रयोजनका लागि दुबै कम्पनीको पुस १७ गते बुकक्लोज गरेकाले पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

बुकक्लोज मितिपछि शेयर अभौतिकिकरण गरेका शेयरधनीहरुको बोनस पनि क्रमश डिम्याट खातामा शेयर गर्दै जाने बताइएको छ ।
यस्तै कम्पनीहरुले हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर अभौतिकिकरण गर्न र शेयर कर्जा लिएका शेयरधनीलाई सम्बन्धीत संस्थाको स्वीकृतिपत्र लिएपछि मात्र बोनस शेयर जम्मा हुने जनाएका छन् ।

त्यस्तै विगतका साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर लिन बाँकी शेयरधनीहरुले सम्बन्धीत क्यापिटलमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । दुबै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।