उतार-चढावका बीच नेप्सेमा सामान्य बढोत्तरी, लगानीकर्ताको रोजाइमा यी कम्पनी

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार उतार चढावका बीच नेप्से १.१३ अंकको सामान्य बढोत्तरीसँगै २६५८.७५ बिन्दुमा बन्दमा भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पौने २ अर्बले घटेपनि ७ अर्ब २९ करोड ६७ लाखको शेयर खरीद बिक्री भएको छ ।

सोमबारको बजारमा २१२ कम्पनीका १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर ७३ हजार ५९८ पटक खरीद बिक्री भएको हो ।

सोमबार कारोबारमा आएका समुहगत परिसूचक मिश्रित देखिएका छन् । ७८ कम्पनीको मूल्य बढेको बजारमा ११४ कम्पनीको घटेको छ भने २० कम्पनीको स्थीर रह्यो ।

होटल तथा टुरिजम् र ब्यापार सूचक ३ प्रतिशतले बढोत्तरी भएको बजारमा जलविद्युत र अन्य १ प्रतिशत बढीले बढ्दा लघुवित्त, उत्पादनमुलक र म्युचुअल फण्डको सूचक सामान्य रुपमा सकारात्मक बनेको छ । लगानी, निर्जीवन बीमा, बैंकिङ्ग, विकास बैंक, जीवन बीमा र वित्तको सूचक सामान्य ऋणात्मक भएको छन् ।

  • अपर तामाकोशीको सर्वाधिक कारोबार

सोमबारको बजारमा अपर तामाकोशीको सबैभन्दा बढी ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । कम्पनीको ३ लाख ९१ हजार २०७ कित्ता शेयर २ हजार ८३६ पटक खरीद बिक्री हुँदै ५.३४ प्रतिशतले मूल्य बढेर ९०८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यसैगरी आइएमइ जनरल इन्स्योरेन्सको ३१ करोड ३४ लाख, निफ्रा २८ करोड ९४ लाख, हिमालयन जनरल २५ करोड २५ लाख, एनटिसीको १९ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नबिल बैंक, चन्द्रागिरी हिल्स, एनआईसी एशिया बैंक, नेपाल रि इन्स्योरेन्स, र रसुवागढी हाइड्रोपावरको पनि १३ करोड बढीको शेयर कारोबार भएको हो ।

Symbol Turnover Closing Price
As of 2021-04-05 15:00:00
UPPER 347,568,093.00 908.00
IGI 313,496,174.00 1,297.00
NIFRA 289,463,828.00 577.00
HGI 252,552,299.00 797.00
NTC 190,550,629.00 1,356.00
NABIL 155,639,619.00 1,315.00
CGH 151,892,196.00 2,125.00
NICA 150,161,129.00 914.00
NRIC 149,452,797.00 1,510.00
RHPL 137,128,941.00 490.00
  • यी ४ कम्पनीका लगानीकर्ताले कमाए

सोमबारको बजारमा चार कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । एनआइसी एशिया लघुवित्त, राधी विद्युत कम्पनी, वोमी माइक्रोफाइनान्स र सानिमा जनर इन्स्योरेन्सको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेका हो । सबै कम्पनीको शेयर करिब १० प्रतिशतले बढ्दै उच्च खरीद माग रह्याृ ।

यसैगरी हिमालयन जनरल, चन्द्रागिरी हिल्स, अपर तामाकोशी, साञ्जेन जलविद्युत, पाँचथर पावर र मल्टिपपर्स फाइनान्सको पनि ४ प्रतिशत धेरैले शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-05 15:00:00
NICLBSL 1,057.00 96.00 9.99
RADHI 485.00 44.00 9.98
WOMI 1,658.00 150.00 9.95
SGI 899.00 80.00 9.77
HGI 797.00 49.00 6.55
CGH 2,125.00 116.00 5.77
UPPER 908.00 46.00 5.34
SJCL 445.00 22.00 5.20
PPCL 300.00 14.00 4.90
MPFL 199.00 9.00 4.74
  • गोर्खाज फाइनान्सका लगानीकर्ताले उच्च गुमाए

सोमबारको बजारबाट गोर्खाज फाइनान्सको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सको शेयर ४.१२ प्रतिशत अर्थात २१ रुपैयाँले घटेर ४८९ रुपैयाँमा झरेको छ ।

यस्तै श्री इन्भेष्ट फाइनान्स, स्वाभिमान लघुवित्तको ३ प्रतिशत धेरैले घट्दा सप्तकोशी डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सूर्योदय लघुवित्त, घलेम्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले पनि साढे २ प्रतिशत बढीले गुमाएका छन् ।

सोमबार लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकराण ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-05 15:00:00
GUFL 489.00 -21.00 -4.12
SIFC 259.00 -9.00 -3.36
SMFBS 2,536.00 -82.00 -3.13
SAPDBL 165.00 -5.00 -2.94
LGIL 860.00 -25.00 -2.82
SIC 1,786.00 -49.00 -2.67
PIC 1,320.00 -35.00 -2.58
SLBS 1,877.00 -47.00 -2.44
GHL 160.00 -4.00 -2.44
RHPL 490.00 -12.00 -2.39

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।