तीन कम्पनीको बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार तीन कम्पनीको १२ लाख ७४ हजार १२८ दशमलव ५९५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार बरुण हाइड्रोपावर कम्पनीको १ लाख २७ हजार ५७५ कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता र ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता सूचीकृत भएको हो ।

बरुण हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ७ दशमलव ३७ प्रतिशत र ङादी गु्रप पावर कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको थियो । सोही अनुसारको बोनस सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

उक्त बोनस शेयर बरुण हाइड्रोपावर कम्पनीको पुस १५ गतेसम्म, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको र ङादी गु्रप पावरको पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र पाउँछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।