साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश प्रस्ताव

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) ले आर्थिक वर्ष २०७६/७७ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पनन बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितथरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आव २०७५/७६ बाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको लाभांश १० प्रतिशतले घटेको हो ।

बजारमा कम्पनीले ६० प्रतिशत बोनस वितरण गर्ने हल्ला फैलाएर मूल्य उच्च रुपमा वृद्धि गरिएको थियो । कम्पनीले अघिल्लो वर्षभन्दा कम लाभांश प्रस्ताव गरेसँगै बोनसको लोभमा शेयर खरीद गर्ने लगानीकर्ता भने निराश भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार  १८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।