सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) को लाभांश पारित भएको छ ।

बैंकको चैत्र २३ गते बिहान १० बजे लैनचौर व्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा सम्पन्न भएको १६ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको हो ।

सभाले बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर भूक्तानी प्रयोजनका लागि चुक्ता पूजीको ०.२६३२ प्रतिशत गरी कूल ५.२६३२ प्रतिशत ( ६८ लाख ५९ हजार ५८०) लाभांश पारित गरेको हो ।

कोरोना महामारीका कारण सांग्रिला डेभलपमेन्ट बैंकले भौतिक तथा जूम मिटिङ मार्फत वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  साथै सभाले आर्थिक बर्ष २०७६/०७७ का वित्तिय विवरण पारित र आर्थिक बर्ष २०७७–०७८ को लागि लेखा परिक्षक नियुक्ति लागायत प्रस्ताव पारित गरेको छ ।

बैंकको मुलकभर ९५ शाखा कार्यालयहरु ३१ एटिएम, साथै संस्थागत सुशासन जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार  १८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।