
नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य वृद्धि भएको छ । आइतबार स्थीर बनेर सोमबार २०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार तोलाको ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५०० रुपैयाँ, तेजावी ८७ हजार ५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २३५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाला सुनको मूल्य ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य मंगलबार उकालो लागेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया