
फर्स्ट माइक्रोफाइनान्स कम्पनीको संस्थापक समूहको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ ।
संस्थाका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा १ लाख कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा ल्याएको हो ।
लिलामी शेयरमा इच्छुक विद्यमान संस्थापकहरु तथा अन्य जो कोही व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । चैत २३ गतेदेखि २०७८ बैशाख २६ गतेसम्म लिलामी शेयरमा आवेदन गर्न पाइनेछ ।
लिलामीको शेयरमा न्यूनतम मूल्य २९५ रुपैयाँ तोकिएको छ । इच्छुकले न्यूनतम मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबुल गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता तोकिएकोले सो वा सो भन्दा बढी कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
लिलामी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । साथै, आवेदन दिनको लागि नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्ट (अनुसूची ३) को विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आवको कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने क्यापिटलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया