पछिल्लो दुई दिनमा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

0
Shares

पछिल्लो दुई दुईमा नेपाली बजारमा सुनको मूल्य तोलाको ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार तोलाको ३०० रुपैयाँ र बुधबार ५०० रुपैयाँ गरि ८०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ८८ हजार रुपैयाँ, तेजावी ८७ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँ, तेजावी ८७ हजार ५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार स्थीर रहेको चाँदीको मूल्य बुधबार तोलाको १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत्र २०७७, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।