
अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति माग गरेको हो । कम्पनीले चैत १६ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ ।
अपर (माथिल्लो) सोलु जलविद्युत् आयोजना २३.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने आयोजना हो । सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्रवद्र्धन गरेको आयोजना २०७६ मंसिरमा सम्पन्न भएको थियो । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ मा आयोजनाको विद्युत् उत्पादन गृह छ ।
आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी छ । कम्पनीको इक्विटी २५ प्रतिशत छ । आयोजना चार अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया