नेप्सेमा ६ दिनमा १३० अकंको सुधारपछि दुई अंकको सामान्य करेक्शन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगातार ६ कारोबार दिनमा १३० अंकको नेप्सेमा वृद्धिपछि बुधबार सामान्य करेक्शन आएको छ । बुधबार दुई अंकको करेक्शन आएको हो ।

बुधबार नेप्से सूचक २.८५ अकंले घटेर २६७१.६१ बिन्दुमा झरेको छ । बजारमा सामान्य करेक्शन आए पनि ७ अर्ब रुपैयाँको कारोबार भएको छ । यस दिन २१५ कम्पनीको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता शेयर ७६ हजार ५९१ पटकको कारोबारमा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

बुधबार कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ । होटल एण्ट टुरिजममा सबैभन्दा बढी ६.०२ प्रतिशत बढोत्तरी आएको बजारमा लघुवित्त २.१६ र डेभलपमेन्ट बैंक १.५० प्रतिशतले बढेको छ । बैंकिङ्ग, फाइनान्स, र म्युचुअल फण्डको समूह बढेको छ ।  ब्यापारमा सबैभन्दा धेरे ३.९४ प्रतिशत गिरावट आएको बजारमा जलविद्युत, निर्जीवन बीम, उत्पादन र लगानीको सूचक १ प्रतिशत धेरैले घटेका छन् । जीवन बीमा र अन्यको सूचक पनि सामान्य ऋणात्मक रह्यो ।

यस दिन महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआईसी एशिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनी लिमिटेड गरी ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतका दरले बढेको छ । त्यस्तै, आज खानीखोला हाइड्रोपावर र ज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य करिब ८ प्रतिशत बढेको छ । हिमाल दोलखा पावर, ग्रीन डेभलमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ५ प्रतिशत बढीले सुधारिएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-07 15:00:00
MLBSL 925.00 84.00 9.99
CGH 2,578.00 234.00 9.98
NICLBSL 1,278.00 116.00 9.98
RLFL 279.00 25.00 9.84
UPCL 181.00 16.00 9.70
KKHC 138.00 10.00 7.81
HDHPC 152.00 9.00 6.29
GRDBL 182.00 10.00 5.81
KRBL 184.00 10.00 5.75
JBBL 263.00 14.00 5.62

यसदिन रैराङ हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीका शेयरधनीले ७.२६ प्रतिशत अर्थात ३० रुपैयाँ घटेर ३८३ रुपैयाँमा झरेको छ ।  यसैगरी यूनाइटेड इदिमर्दीको ६.०६ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको ५.२४ प्रतिशतले शेयरमूल्यमा ह्रास आएको छ । साल्ट ट्रेडिङ्ग, ङादी ग्रुप पावर, पाँचथर पावर, सानिमा माइ हाइड्रोपावर, हिमालयन पावर पार्टनर, नेशनल हाइड्रोपावर र राधी विद्युत कम्पनीको शेयरमा लगानी गरेकाले पनि ३ प्रतिशत बढीले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-04-07 15:00:00
RRHP 383.00 -30.00 -7.26
UMRH 310.00 -20.00 -6.06
SGI 778.00 -43.00 -5.24
STC 11,298.00 -494.00 -4.19
NGPL 252.00 -11.00 -4.18
PPCL 301.00 -13.00 -4.14
SHPC 372.00 -16.00 -4.12
HPPL 403.00 -17.00 -4.05
NHPC 177.00 -7.00 -3.80
RADHI 479.00 -18.00 -3.62

यस दिनको बजारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सबैभन्दा २८ करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको २२ करोड २२ लाख, छिमेक लघुवित्तको १९ करोड ४८ लाख, वोमी लघुव्त्ति १८ करोड ५३ लाख, र नेपाल टेलिकमको १६ करोड ५ लाखको शेयर कारोबारमा आयो । यसदिन नेपाल लाइफ, हिमाल दोलखा रसुवागढी, चन्द्रागिरीहिल्स र अपर तामाकोशीको पनि शीर्ष कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-04-07 15:00:00
NIFRA 280,491,735.00 592.00
CHCL 223,300,890.00 681.00
CBBL 194,863,889.00 1,722.00
WOMI 185,398,064.00 1,806.00
NTC 160,592,508.00 1,370.00
NLIC 157,775,039.00 2,100.00
HDHPC 156,943,418.00 152.00
RHPL 154,692,369.00 528.00
CGH 148,528,528.00 2,578.00
UPPER 147,614,462.00 891.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ चैत्र २०७७, बुधबार  १६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।