सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड हुँदै, साढे १३ लाखको हात खाली हुने

0
Shares

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड हुँदैछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ः०० बजे आईपीओ बाँडफाँड हुने क्यापिटलले जानकारी दिएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कुल आवेदकको १६ प्रतिशत अर्थात २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् भने ८४ प्रतिशत अर्थात १३ लाख ५३ हजार बढी आवेदकको हात खाली हुने देखिन्छ ।

कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था रहको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार  ०९ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।