बरुण हाइड्रोपावरको लाभांश वितरण

0
Shares

बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

कम्पनीले गत पुस १६ गतेसम्म शेयर अभौतिकीकरण गरी डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको जनाएको छ ।

पुस १७ गतेपछि शेयर डिम्याट गर्नेहरुको बोनस शेयर पनि क्रमशः वितरण गर्दै जाने कम्पनीले जनाएको छ । यस्तै हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीलाई यथाशीघ्र शेयर डिम्याट गर्न र बोनस शेयर डिम्याट खातामा नै प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

बरुणको गत पुस २६ गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार  १० : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।