यस साता नेप्से सूचक १.६१ प्रतिशत अर्थात ४२.४६ अंकले बढेर बन्द भएको छ ।
आइतबार २ हजार ६३१ दशमलव ८९६ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ६७४ दशमलव ३५ बिन्दुमा बढेर बन्द भएको छ ।
जुन सूचकको आधारमा दोस्रो ठूलो बिन्दु हो । चैत २४ गते मंगलबार नेप्से योभन्दा ०.१२ बिन्दुमाथि २६७४.४७ अंकमा बन्द हुँदै सबैभन्दा उच्च रेकर्ड कायम भएको थियो ।
साताभरीमा नेप्से सूचकमा ५४.६२ अंकको उतार चढाव देखा पर्यो । २ हजार ६९४ दशमलव ५४ उच्चतम बिन्दुमा पुगेको नेप्से यसै साता २ हजार ६३९ दशमलव ९२ बिन्दुसम्म झर्न पुग्यो ।
यो साता २१५ कम्पनीको ८ करोड १ लाख ५ हजार कित्ता शेयर ३७ अर्ब ६० करोड ५० लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ । गत साता २४ अर्ब १ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम ५६.६० प्रतिशतले बढेको हो । यो साता दैनिक औषतमा ७ अर्ब ७२ करोड १० लाख रुपैयाँको शेयर कारोबार भयो । गत सात ६ अर्ब ३४ लाख रहेको थियो ।
- कुन समूहका परिसूचक कति बढे कति घटे ?
यस साता ९ समूहको परिसूचक बढेको छ भने ४ वटा घटेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा टुरिजम् मात्र १५.४७ प्रतिशतले बढेको छ भने ब्यापार सबैभन्दा धेरै १५.०५ प्रतिशतले घटेको छ ।
यससाता लघुवित्त ६.९१ प्रतिशत, वित्त ६.६७, जलविद्युत ५.७१, विकास बैंक ३.७३, अन्य २.९८, उत्पादन १.६४ प्रतिशतले बढेको छ । बैंकिङ्ग र म्युचुअल फण्डको सूचक सामान्य बढेको छ । लगानी २.६४ प्रतिशत, निर्जीवन बीमा ०.८४ र जीवन बीमाको सूचक ०.५२ प्रतिशतले सामान्य घटेको हो ।
- एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ६० प्रतिशत बढ्यो
यससाता एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ६०.७६ प्रतिशतले बढेको छ । आइतबार ८७४ मा कारोबार खुलको लघुवित्तको मूल्य ५३१ रुपैयाँ बढेर १ हजार ४०५ रुपैयाँ पुगेको हो । स्वदेशी लघुवित्तको मर्जरपछि काराबार खुलेको लघुवित्तमा लगानीकर्ताको उच्च आकर्षण देखिएको हो ।
यसैगरी वोमी लघुवित्त कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि ३१.९५ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको मूल्य ४३८ रुपैयाँले बढेर १ हजार ८०९ रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा महिला लघुवित्तको शेयरमूल्य ३०.६५ प्रतिशत, चन्द्रागिरी हिल्सको २८.०५ प्रतिशत, मल्टिपपर्स फाइनान्सको २७.५७, रिलायन्स फाइनान्स २७.५०, साञ्जेन जलविद्युत २३.६४, पोखरा फाइनान्स १९.०३, युनिभर्सल पावर १८.४९ र ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य १८.३३ प्रतिशतले बढेको छ ।
- यी कम्पनीको लगानीकर्ताले गुमाए
यस साता एनसीसी बैंकको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै २१.७१ प्रतिशतले घटेर ११९ मा कारोबार भएको छ । हकप्रद जारी गर्ने प्रस्ताव रद्ध गरेसँगै अजोड इन्स्योरेन्सको शेयरमूल्य १८.०४ र थोरै बोनस घोषणाले साल्ट ट्रेडिङ्गको मूल्य १५.८९ प्रतिशतले घटेको छ ।
रैराङ हाइड्रोपावर, किसान लघुवित्त, एनआईडिसिएल, समीट लघुवित्त, स्वाभिमान लघुवित्त, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनी संस्थापकको शेयरमा लगानी गरेकाले ३ देखि साढे ५ प्रतिशतसम्म गुमाएका छन् ।
- निफ्राको सर्वाधिक कारोबार
यस साता नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सर्वाधिक कारोबार भएको छ । बैंकको २८ लाख ८८ हजार ८२८ कित्ता शेयर १ अर्ब ६९ करोड ९२ लाख ३६ हजार रुपैयाँमा कारोबार हुँदै रकमका आधारमा शीर्ष कारोबार हुने स्थानमा पुगेको हो ।
विद्युत उत्पादन मिति नजिकिँदै जाँदा अपर तामाकोशीको पनि यस साता १ अर्ब ४४ करोड २७ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ ।
नबिल बैंक ८५ करोड, नेपाल बैंक ८१ करोड, चिलिमे ८० करोड, नेपाल टेलिकम ७६ करोड, हिमालयन जनरल र चन्द्रागिरी हिल्स ७४ करोड, पुनर्बीमा ७३ करोड र रसुवागढी हाइड्रोपावरको साढे ६८ करोडको शेयर कारोबार भएको छ ।
कारोबार भएको शेयर संख्याको आधारमा पनि निफ्राको सबैभन्दा धेरै ३० हजार २२ वटा कारोबार भएको छ भने चन्द्रागिरी, अपर तामाकोशी, अजोड इन्स्योरेन्स र साञ्जेन जलविद्युतको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा ११ हजार वटा बढी कारोबारमा आएको हो ।
कारोबार भएको शेयर संख्याको आधारमा चन्द्रागिरी हिल्सको सबैभन्दा धेरै २५ हजार ४७१ वटा कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एचआइडिसीएल, र अपर ताकोशीको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा ९ हजार वटा बढी संख्यामा कारोबार भएको हो ।
कारोबार कित्ताको आधारमा ग्लोबल आइएमई समुन्नत योजनाको ३३ लाख ३३ हजार इकाई कारोबारमा आउँदा निफ्रा २८ लाख ८८ हजार र लक्ष्मी इक्वीटी फण्डको इकाईको २५ लाख ५६ हजार बढी इकाई कारोबारमा आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया