
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सिभिल बैंकको ६४ लाख २ हजार ७११ दशमलव ७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार बैंकले फागुन ९ गते सम्पन्न दशााँै वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ८ प्रतिशत बराबरको बोनस शेयर सूचीकृत गरेको हो ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २३ गते शुक्रबार बुकक्लोज मिति तोकेको थियो । यसअनुसार माघ २२ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र उत्तल बोनस प्राप्त गर्नेछन् ।
सोमबार सूचीकृत भएको बैंकको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि खरीद बिक्री गर्ने सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया