शेयर बजार सूचक २७०० अंक नजिक, लघुवित्तमा आकर्षण बढ्दा पाँच कम्पनीमा सर्किट ब्रेक

0
Shares

शेयर बजार सूचक मापक नेप्से सोमबार १७.२० अंकले बढेर करिब २ हजार ७०० बिन्दुको नजिक पुग्दै ऐतिहासिक उचाई कायम भएको छ । लघुवित्त, बीमा र विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेपछि नेप्सेले हालसम्मकै उच्च अंक चुमेको हो ।

सोमबार नेप्से ०.६४ प्रतिशत अर्थात १७.२० अंकले बढेर २६९१ दशमलव ५५ बिन्दुमा बन्द भएको छ । सोमबार कायम भएको बिन्दु नेप्सेमा कायम भएको हालसम्मकै उच्चतम बिन्दु हो । यस्तै ठूला कम्पनीको सूचक माप सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले बढेर ४९०.२९ बिन्दुमा पुगेको छ ।

कारोबारको सुरुवाति घण्टामा उच्च बिक्री चापका कारण तीव्र दबाबमा रहेको नेप्सेले १२ बजेपछि लय समातेको थियो । त्यसपछि सामान्य उतार चढावका बीच नेप्सेमा नयाँ सूचक कायम भएको छ । यसदिन २१६ कम्पनीका १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयरहरु ८० हजार ९५९ पटक खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ समुहका सूचकमध्ये लघुवित्तको सूचक सबैभन्दा धेरै ३.६४ प्रतिशतले बढोत्तरी हुँदा र विकास बैंकको सूचक १.४३, निर्जीबव बीमा १.२१, जीवन बीम १.१५ प्रतिशतले बढेको छ । बैंकिङ्ग, उत्पादन र म्युचुअल फण्डको सूचक सामान्य बढेको छ ।
यता होटल तथा टुरिजम्को इन्डेक्स १.८२ प्रतिशतले घट्दा ब्यापार १.७७, जलविद्युत १.६३, अन्य १.४२ प्रतिशतले घटेको छ । लगानी सूचक ०.३२ र वित्त समुहको इन्डेक्स ०.११ प्रतिशतले ऋणात्मक रह्यो ।

शेयर बजारमा आएको सुधारसँगै शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पूँजीकरण अघिल्लो दिनको तुलनामा २४ अर्ब रुपैयाँले बढेर ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख रुपैयाँ कायम भएको छ । गत बिहीबार ३७ खर्ब २ अर्ब ८१ करोड कुल बजार पूँजीकरण रहेको थियो ।

  • एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार

सोमबारको एनआईसी एशिया बैंकको सबैभन्दा उच्च कारोबार भएको छ । बैंकको २५ करोड ३ लाख ७८ हजार रुपैयाँमा २ लाख ६६ हजार ८५० कित्ता शेयर खरीद बिक्री भयो । यसैगरी नबिल बैंक २४ करोड ४२ लाख, निफ्राको २२ करोड २ लाख र नेपाल बैंकको २१ करोड २८ लाखको कारोबार भएको छ ।

यसैगरी ग्रामीण विकास लघुवित्त, अपर तामाकोशी, छिमेक, निर्धन उत्थान, चन्द्रागिरी हिल्स र पुनर्बीमा कम्पनीको शीर्ष दश ठूलो कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-04-12 15:00:00
NICA 250,378,076.00 949.00
NABIL 244,245,685.00 1,348.00
NIFRA 220,241,452.00 584.00
NBL 212,825,989.00 443.00
GBLBS 196,077,519.00 1,237.00
UPPER 185,722,048.00 880.00
CBBL 178,227,444.00 1,795.00
NUBL 173,775,900.00 1,870.00
CGH 139,962,301.00 2,555.00
NRIC 125,515,550.00 1,439.00
  • पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

सोमबारको बजारमा पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो । यी पाँच कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले सोमबारको बजारबाट करिब १० प्रतिशतले नाफा आर्जन गरेका छन् ।

यस्तै गुराँस लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, साधना लघुवित्त, अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडेको शेयरमूल्य पनि ८ प्रतिशत बढीले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-12 15:00:00
NICLBSL 1,545.00 140.00 9.96
MLBSL 1,017.00 92.00 9.95
CHL 245.00 22.00 9.87
JLI 468.00 42.00 9.86
SINDU 224.00 20.00 9.80
GLBSL 1,839.00 149.00 8.82
EDBL 556.00 44.00 8.59
SDLBSL 1,658.00 129.00 8.44
AIL 913.00 68.00 8.05
NRN 534.00 39.00 7.88
  • साञ्जेनका लगानीकर्ताले धेरै गुमाए

सोमबारको बजारबाट साञ्जेन जलविद्युतको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ४.४१ प्रतिशतले गुमाएका छन् । हिमालय दालेखा पावर, युनाइटेड मोदी, युनिभर्सल पावर, रसुवागढी हाइड्रोपावर, रिलायन्स फाइनान्स र चिलिमे हाइड्रोपावरको शेयर लगानीकर्ताले ३ प्रतिशत बढीले गुमाएका छन् ।

खानीखोला र शिवश्री हाइड्रोपावर तथा चन्द्रागिरी हिल्सको शेयरमूल्य पनि सोमबार पौने ३ प्रतिशत बढीले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-12 15:00:00
SJCL 455.00 -21.00 -4.41
HDHPC 146.00 -6.00 -3.95
UMHL 185.00 -7.00 -3.65
UPCL 167.00 -6.00 -3.47
RHPL 489.00 -17.00 -3.36
RLFL 296.00 -10.00 -3.27
CHCL 649.00 -21.00 -3.13
KKHC 130.00 -4.00 -2.99
SSHL 236.00 -7.00 -2.88
CGH 2,555.00 -70.00 -2.67

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।