नेशनल लाइफ र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको लिलामी शेयर किन्ने चैत ३१ गते आज अन्तिम दिन रहेको छ ।

एनआइसी एसिया चैत २३ गतेदेखि बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समुहको शेयर लिलामी बिक्रीमा ल्याएको थियो ।

इच्छुक लगानीकर्ताले नागरिक लगानी कोषको शेयरमा न्यूनतम १ हजार ५ सय २९ रुपैयाँ र नेशनल लाइफको शेयरमा ४६६ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा भाउ तोकेर आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आज कार्यालय समयभित्र पेश गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ चैत्र २०७७, मंगलबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।