शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) को बोनस शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर मंगलबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।
बैंकको पुस २९ गते सम्पन्न साधारण सभाबाट ३९ करोड २१ लाख २४ हजार १६६ रुपैयाँ बराबरको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता शेयर सूचीकृत भएको हो ।
साधारण सभाका लागि बैंकले पुस १६ गते बुकक्लोज गरेकाले पुस १५ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बैंकले सूचीकृत गरेको बोनस शेयर पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया