आरएमडिसी लघुवित्तको ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

आरएमडिसी लघुवित्त (RMDCPO) को संस्थापक शेयर बिक्रीमा आएको छ ।

एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक शेयर बैशाख २ गतेदेखि लिलामी खुला गरेको हो ।

उक्त शेयरमा लिलामीका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी शेयरका लागि न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । यस्तै न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ बैशाख २०७८, बिहिबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।