रुरु जलविद्युतले शुक्रबार बिहान आईपीओ बाँडफाँड गर्दै

0
Shares

रुरु जलविद्युतले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड हुने भएको छ ।

कम्पनीको आइपीओ बाँडफाँड शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा हुने बताइएको छ ।

क्यापिटलका अनुसार करिब १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ३७ हजार ९१६ जनाले मात्र पाउनेछन् भने कुन आवेदकको करिब ९८ प्रतिशतको हात खाली हुने देखिएको छ ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो । कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ बैशाख २०७८, बिहिबार  १५ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।