
रुरु जलविद्युत परियोजना लिमिटेडको आइपीओमा आवेदन गरेका ९२ हजार २२५ वटा आवेदक रद्द भएको छ । जुन कुल आवेदकको ५.४८ प्रतिशत हो ।
कम्पनीको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेकोमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको छ । आईपीओमा कुल २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताका लागि माग परेकोमा १६ लाख ६९ हजार ८३० कित्ता रद्ध भई २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको आवेदन मात्र सदर भएको छ ।
क्यापिटलका अनुसार रद्द भएका ९२ हजार २२५ वटा आवेदन मध्ये बैंक तथा वित्तीय संस्थाको आश्वा मार्फत परेको ८३ हजार ६९० वटा, सस्पेक्टेड एप्लीकेशन २४ हजार १०८ वटा र ८ हजार ५३५ वटा आवेदन डिस्क्वालिफाइड भएको क्यापिटलले जनाएको छ ।
रित पूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ आवेदनबाट परेको २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन सदर भएको थियो भने ९२ हजार २२५ वटा आवेदन मार्फत परेको १६ लाख ६९ हजार ८३० कित्ताको माग विभिन्न कारणले रद्ध भएको छ ।
कम्पनीको आईपीओ गोलाप्रथाबाट ३७ हजार ९०९ आवेदकले १० कित्ताका दरले तथा ७ जनाले ११ कित्ताका दरले पाएका छन् ।
कम्पनीले चैत्र २० गतेदेखि २४ गतेसम्म अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ । कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना सन् २०१५ को मार्चमा निर्माण सम्पन्न गरि सञ्चालन गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया