एनबि क्यापिटलको नायब महाप्रबन्धकमा राम कुमार महत

0
Shares


नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धक पदमा राम कुमार महत चयन भएका छन् । महतलाई २०७८ बैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरि नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।

महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ वर्ष देखि काम गरेको अनुभव रहेको छ । नेपाल बङ्गलादेश बैंकको सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल सञ्चालनमा रहेको छ ।

क्यापिटलले नेपालको पूँजी बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूती तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्दै आइरहेको छ ।

क्यापिटल कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रुपमा कानूनी अस्तित्व प्राप्त गरेर धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।