‘एनआईबिएल समृद्धि फण्ड II’ को एक अर्ब २० करोडको इकाई बिक्री गर्न अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष “एनआईबिएल समृद्धि फण्ड आईआई ” को १२ करोड इकाई बिक्री गर्न योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटललाई अनुमति दिएको छ ।

बोर्डले १० वर्ष समयावधि रहेको “एनआईबिएल समृद्धि फण्ड आईआई ” प्रतिइकाई १० रुपैयाँ दरमा “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत सञ्चालन हुने चौंथो बन्दमुखी योजना सञ्चालन गन अनुमति दिएको हो ।

उक्त योजना नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवर्धनमा एनआईबिएल एस क्यापिटल अन्तर्गत सञ्चालन हुनेछ ।

अनुमति पाएको कुल १२ करोड इकाईमध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने जनाइएको छ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ।

योजनाले प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ । यस योजनाको इकाईहरु बिक्रीपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।