तनहुँ उद्योग वाणिज्य संघमा पविन्द्रकुमार श्रेष्ठ

0
Shares

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार साँझ सम्पन्न १६ औँ महाधिवेशनबाट उनी ८०६ छ मत ल्याएर विजयी भएका हुन्।

उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले १४१ कम अर्थात ६६५ मत प्राप्त गर्दै पराजित भए । अध्यक्ष पदका अर्का उम्मेदवार अर्जुन अधिकारील उम्मेदवारी फिर्ता लिएका थिए । जिल्लाका सातवटा बजार एकाइमा कूल एक हजार ९५० मतदाता रहेका थिए ।

अध्यक्ष पदबाहेक तनहुँ उद्योग वाणिज्य संघको अन्य सबै पदमा सर्वसम्मत चयन भएको छ । सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार  ०९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।