
आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको २ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य स्थीर रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया