नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ९७ हजार ७०६ कित्ता संस्थापक शेयर आइतबारदेखि लिलामी बिक्रीमा आएको छ ।
एनआईसी एसिया बैंक लिमिटेडले दुई कम्पनीमा रहेको आफ्नो स्वामित्वमाको उक्त संस्थापक शेयर आइतबारबाट लिलामीमा राखेको हो ।
जसमध्ये नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफको ४७ हजार ७०६ कित्ता रहेको छ ।
लगानीकर्ताले नागरिक लगानी कोषको शेयरमा न्यूनतम प्रतिकित्ता १ हजार ४५५ रुपैयाँ र नेशनल लाइफको ४६३ रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकर १०० कित्तादेखि १० ले भाग जाने गरी लिलामीमा आएको सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र फारम धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय बबरमहल, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली तथा शाखाहरु विराटनगर, वीरगनज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा पेश गर्न सकिने जनाइएको छ ।
उक्त शेयर खरीद गर्न कानून बमोजिम योग्य लगानीकर्ताले वैशाख १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया