शेयर बजारमा ३६ अंकको करेक्शन, नेप्से २७०० तल झर्दा बजार पूँजीकरण एकैदिन ५० अर्ब गुम्यो

0
Shares

शेयर बजार परिसूचक मापक नेप्सेमा आइतबार ३६ अंकको करेक्शन आएको छ । लगातार बढेर २७३५ अंकमा आइतबार खुलेको बजार परिसूचक प्रि-ओपनिङ्गमा २४.५१ अंकले बढेर २७५९.९० बिन्दुमा पुगेको थियो ।

नियमित कारोबारको सुरुवातदेखि नै दबाबामा रहेको नेप्से ११ बजेर ३४ औं मिनेटमा सम्हालिन खोजेपनि २० मिनेटमान नै पुनः उच्च बिक्री चाप आएपछि तल झरेको थियो । बजारको चौंथो घण्टासम्म नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ बिन्दुमा बन्द भएको छ ।

बजार घटेसँगै लगानीकर्ताको शेयर मापक कुल बजार पूँजीकरण आइतबार ४९ अर्ब ६८ करोड रुपैयाँले घटेर ३७ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँमा समेटिएको छ । गत बिहीबार ३७ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

कारोबारमा आएका १३ उपसमहुका सूचकमध्ये म्युचुअल फण्ड सामान्य सकारात्मक भएपनि बाँकी सबै ऋणात्मक बनेका छन् । ब्यापार सूचक सर्वाधिक ३.२७ प्रतिशतले घट्दा होटल तथा टुरजम् २.३२, बैंकिङ्ग, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन र अन्य गरी ७ वटा सूचक १ प्रतिशतले घटेको छ ।

आइतबार २०७ कम्पनीका १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर ९३ हजार ५६८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ८० करोड १८ लाख नाघेको छ ।

ऋणात्मक बजारमा पनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हालसालै कारोबारमा आएका महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स सहित दिब्यश्वरी हाइड्रोपावर रनेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट तथा जोशी हाइड्रोपावको शेयरमा लगानी गरेका लगानीकर्ताले ५ प्रतिशत बण्ढीले नाफा कमाएको आइतबारको बजारमा अरुण काबेली, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र एचआइडिसीएलको मूल्य पनि ३ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-18 15:00:00
MLBSL 1,328.00 120.00 9.93
JLI 621.00 56.00 9.91
DHPL 139.00 12.00 9.45
NHDL 350.00 29.00 9.03
NRN 560.00 31.00 5.86
JOSHI 145.00 7.00 5.07
AKPL 351.00 15.00 4.46
UNHPL 138.00 4.00 2.99
KKHC 138.00 4.00 2.99
HIDCL 457.00 13.00 2.93

आइतबारको बजारबाट गुडविल फाइनान्सको शेयरमा लगानी गरेकाले सर्वाधिक ५ प्रतिशतले गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक र मल्टिपपर्स फाइनान्सको शेयर लगानीकर्ताले ४ प्रतिशत धेरैले गुमाएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, लुम्बिनी जनरल इन्स्योरेन्स र बोटलर्स नेपाल तराइको मूल्य ३ प्रतिशत बढीले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-18 15:00:00
GFCL 261.00 -14.00 -5.09
KRBL 206.00 -10.00 -4.63
SADBL 236.00 -11.00 -4.45
JBBL 270.00 -12.00 -4.26
MPFL 226.00 -10.00 -4.24
GRDBL 196.00 -8.00 -3.92
LGIL 805.00 -30.00 -3.59
GMFIL 245.00 -9.00 -3.54
STC 10,518.00 -380.00 -3.49
BNT 9,280.00 -319.00 -3.32

आज एभरेष्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १० लाख ८६ हजार ५०० कित्ता शेयर ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् । बैंकको शेयरमूल्य ३ रुपैयाँले घटेर ८११ रुपैयाँमा बन्द भएको छ ।

यसैगरी एनआईसी एशिया लघुवित्त ५५ करोड ३२ लाख, निफ्रा २७ करोड ९८ लाख, अरुण काबेली २६ करोड ७७ लाख, एनआईसी एशिया २६ करोड ३८ लाख, कामना सेवा विकास बैंक २४ करोड ७२ लाख, नबिल बैंक २३ करोड ३४ लाख, एचआईडिसीएल २१ करोड ६२ लाख, एनसीसी बैंकको १९ करोड ७९ लाख र अपर तामाकोशीको १९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-04-18 15:00:00
EBL 876,299,268.00 811.00
NICLBSL 553,227,180.00 1,899.00
NIFRA 279,856,434.00 585.00
AKPL 267,718,175.00 351.00
NICA 263,897,730.00 963.00
KSBBL 247,250,210.00 374.00
NABIL 233,421,412.00 1,335.00
HIDCL 216,246,172.00 457.00
NCCB 197,927,266.00 321.00
UPPER 195,952,292.00 857.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार  १६ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।