
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले खुद नाफामा उच्च सुधार गरेको छ ।
गत आवको चैत मसान्तसम्म ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आवको यसै अवधिमा ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
लघुवित्तले चैतसम्म १ अर्ब २० करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत आवको ९ महिनाको अवधिको तुलनामा लघुवित्तको ब्याज आम्दानी सहित आम्दानी बढ्दा नाफामा सुधार आएको हो । गत आवको यसै अवधिमा ११ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आवको यसै अवधिमा ८९ प्रतिशतले बढाएर २० करोड ९१ लख आर्जन गरेको हो ।
लघुवित्त कम्पनीले खराब कर्जा वापतको नोक्सानी व्यवस्था बढेर १३ करोड १४ लाख नोक्सानी व्यवस्था गर्दा ८ करोड ८१ लाख खराब कर्जा असुली गरेपछि नाफामा सुधार आएको हो ।
चुक्ता पूँजी २५ करोड २३ लाख रहेको कम्पनीको वार्षिक प्रतिशेयरआम्दानी ३१.७५ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा १०.०२ रुपैयाँ रहेको कम्पनीको इपिएस २१.७३ रुपैयाँ बढेको हो ।
वित्तीय विवरण अनुसार लघुवित्तको जगेडा कोष २१.०३ प्रतिशत बढेर १७ करोड ७७ लाख पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म खराब कर्जा अनुपात ४.७४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७०.४६ रुपैयाँ, कस्ट अफ फण्ड ४.५९ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया