मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १९ करोड ३२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा ९४.१६ प्रतिशतले बढेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सको वितरणयोग्य नाफा १५५ बढेर २८ करोड २१ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ५१.८२ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी २०.३३ रुपैयाँले बढेको हो ।
यस अवधिमा फाइनान्सको पूँजीकोष अनुपात २०.८४ प्रतिशत, खराब कर्जा २.५७ प्रतिशत, कोषको लागत ६.९७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६८.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.७३ गुणा रहेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ८ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट फाइनान्सले २८ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ५३ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
समीक्षा अवधिमा फाइनान्सको निक्षेप ४३.०६ प्रतिशत र कर्जा लगानी ७.७३ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी १.५८ प्रतिशतले घटेपनि अन्य सञ्चालन आम्दानीमा आएको उच्च बढोत्तरीले सञ्चालन नाफा बढेका हो । यस्तै जगेडा कोषमा ३८ करोड २४ लाख र शेयरधनी कोषमा २८ करोड ३१ लख रुपैयाँ सञ्चित रहेको छ ।
फाइनान्सले गत आवको यसै अवधिमा १० करोड अन्य सञ्चालन आम्दानी गरेकोमा चालु आवको ९ महिनाअ वधिमा ३३ करोड बढाएर ४३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको हो । जसले कम्पनीको नाफामा पनि उच्च बढोत्तरी आएको छ । यस्तै फाइनान्सको खुद फि तथा कमिशन आम्दानी पनि ४०.८२ प्रतिशत बढेर ३ करोड ६९ लाख पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया