
विवाहको सिजन लागेर लगन नजिकिन थालेपछि सुनको मूल्यमा बुधबार उच्च वृद्धि देखिएको छ । नेपाल रत्न तथा आभुषण महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो ।
बैशाख लागेपछि सुनकोे भाउ तोलाको २ हजार ५०० रुपैयाँले बढेको छ । चैत ३१ गते छापावाल सुन तोलाको ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा बुधबार चाँदी तोलाको १० रुपैयाँले बढेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया