सर्वोच्च अदालतका न्यायाधीश चुँडाल र सुवेदीबाट शपथ

0
Shares

सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।