छोरीको उत्तरपुस्तिका सच्चाउने लोकसेवा आयोगका शाखा अधिकृत विरुद्ध मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धा आयोगले लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरका शाखा अधिकृत विरुद्ध भ्रष्ट्राचारको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन शाखा अधिकृत मिम बहादुर शाही विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गराएको हो ।

अनुसन्धानका क्रममा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौंथो पदको लागि भएको परीक्षामा सहभागी भएकी आफन्ती (छोरी) लाई पास गराउन छोरीको उत्तरपुस्तिका सच्चाएको पुष्टि भएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।