रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

रिलायन्स फाइनान्स कम्पनीको १० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीबार (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १० गते बुकक्लोज गर्दैछ । यसअनुसार बैशाख ९ गते बिहीबारसम्म नेप्सेमा शेयर काररोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आव २०७६।७७ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाबाट फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मजर्र तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तव रहेको छ ।

लाभांश सहित अन्य एजेण्डा पारित गर्न बैशाख २२ गते लैनचौर ब्याक्वेंटमा बिहान ११ बजे साधारण सभा बोलाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहिबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।