सुनचाँदीको भाउमा बिहीबार पनि वृद्धि

0
Shares

नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको २०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३३५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुन तोलाको १ हजार ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलाको दश रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहिबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।